कोरोना अपडेट: नेपालमा बुधबार २५ जना संक्रमित थपिए, कुल संक्रमितको संख्या ४२७

नेपालमा थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
बुधवार स्वास्थ्य ता जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार कोभिड-१९ पुष्टि हुने मानिसको सङ्ख्या ४२७ पुगेको छ। तीमध्ये ३५८ जना पुरुष र ६९ महिला हुन्।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासी पश्चिममा १ जनामा कोभिड-१९ पुष्टि भएको हो, बिबिसिमा खबर छ ।
उनीहरू तीनदेखि ४८ वर्षका व्यक्ति भएको जानकारी उनले दिए।अहिलेसम्म ३७ जिल्लामा सङ्क्रमित भेटिएका छन्।
कोभिड-१९ पुष्टि भएकामध्ये ४५ जना भाइरसमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।







