नीति तथा कार्यक्रम बारे उठेका प्रश्नको आज प्रधानमन्त्रीले जवाफ दिने  

छहारी संवाददाता
जेष्ठ ६, २०७७

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने भएको छ । संसद बैठक मध्याह्न १२ बजेपछि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा अस्ति र हिजो छलफल भएको थियो । बिभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्ताव परेका छन् ।  

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*