चक्रवात अम्पुनः बङ्गालको खाडीमा विकसित शक्तिशाली आँधीले ‘नेपाल पनि प्रभावित हुन सक्ने’

दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्न सक्ने अनुमान नेपाली मौसमविद्हरूले गरेका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवातका कारण मङ्गलवारबाट पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुई-तीन दिनसम्म देशैभरि बदली हुनसक्ने जनाएको छ।
"केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक-दुई स्थानमा ठूलो हिमपात हुनसक्नेछ," महाशाखाले सोमवार जारी गरेको विशेष मौसमी बुलेटिनमा भनेको छ।
गत वर्ष नै फणि नामको चक्रवातले ओडिशामा धनजनको क्षति पुर्याएको थियो। त्यसको प्रभाव नेपालमा सगरमाथा क्षेत्रसम्म पनि परेको थियो। साभारः बीबीसी







