कोरोना अपडेटः नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुग्यो

बाँकेका युवाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि
छहारी संवाददाता
जेष्ठ ४, २०७७

क्वारेन्टाइनमा मृत्यु भएका बाँके नरैनापुरका २५ वर्षीय पुरुष स्वाबको परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा यसबारे जानकारी दिनुभएको हो। यसबारे थप जानकारी लिने काम भइरहेका देवकोटाले बताउनु भयो ।

बाँके नरैनापुर ५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका २५ वर्षका युवकको आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको थियो। उनी ३० वैशाखमा भारतको मुम्बइबाट घर फर्केका थिए।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*