बाँकेमा क्वारेन्टाइन बसेका युवकको मृत्यु

छहारी संवाददाता
जेष्ठ ४, २०७७

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो ।

क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन्, अनलाइन खबरले लेखेको छ । नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लागेको थियो ।

उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । युवकको मृत्युको जानकारीपछि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पठाइसकिएको प्रजिअ खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*