कोरोना अपडेट: आइतवार ‘थपिएका दशैजना सङ्क्रमित भारतबाट आएका’

छहारी संवाददाता
जेष्ठ ४, २०७७

नेपालमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित सबै १० जना भारतबाट आएको स्थानीय जनप्रतिनिधिहरूले जनाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बिहान थप १० जनामा सङ्क्रमण पुष्टि गर्दै ती सबै रौतहट जिल्लाका भएको जनाएको छ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या २९१ पुगेको छ, बिबिसीले लेखेको छ ।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित राजपुर नगरपालिका वडा नम्बर नौका सातजना र ईशनाथ नगरपालिकाका तीनजना छन्।सङ्क्रमित भएको पुष्टि भएपछि राजपुर नगरपालिकाका नगरप्रमुख मोहम्मद सकिल अख्तरको तनाव थपिएको छ।

'भनेको मान्दैनन् के गर्ने?'

अख्तरका अनुसार आफ्नो नगरका सातैजना भारतबाट हालै नेपाल आएका हुन्।

'जहाँ छौँ त्यही बस' भन्दा नमानेर धमाधम भारतबाट नेपाल आइरहेको उनको भनाइ छ।

पहिलो पटक उक्त नगरपालिकामा सङ्क्रमण भेटिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*