कोरोना अपडेटः नेपालमा एक सुत्केरीको मृत्यु

छहारी संवाददाता
जेष्ठ ३, २०७७

कोरोना भाइरसले एक  सुत्केरी महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्, हेल्थपाटीले लेखेको छ ।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् ।

स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको कोरोना परीक्षण गर्दा आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो। उनको बिहीबार राति मृत्यु भएको हो।

‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले अन्नपूर्ण अनलाइनसँग भने। ती अधिकारीका अनुसार महिलाको पीसीआर रिपोर्ट ४ बजे स्वास्थ्य मन्त्रालयले प्रेस सम्मेलन गरेर जानकारी दिइनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*