कोरोना अपडेटः नेपालमा थप ६ जनामा पुष्टि, सङ्क्रमितको संख्या २७३ पुग्यो

नेपालमा थप ६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको शनिवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
अब कुल सङ्क्रमितको सङ्ख्या २७३ पुगेको छ। मन्त्रालयका अनुसार पर्साका दुई जना तथा बर्दिया, सिराहा, सर्लाही र चितवनका एक(एक जनामा सङ्क्रमण देखिएको हो।
उनीहरूबाट सङ्कलित नमुनाको काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड(१९ पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा प्रकाशित विज्ञप्तिमा छ। अहिलेसम्म प्रदेश नं २ मा १०७ र प्रदेश नं ५ मा १०६ सङ्क्रमित फेला परेका छन्।
प्रदेश नं ५ मा सङ्क्रमण पुष्टि भएका सबै जना अहिले आइसोलेशनमा छन् भने प्रदेश नं २ मा केही व्यक्ति निको भएर अस्पतालबाट फर्किएका छन्। स्रोतः बीबीसी







