कोरोनाले नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा पारेको असरबारे अध्ययन गर्न समिति गठन  

छहारी संवाददाता
जेष्ठ २, २०७७

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले कोरोना महामारी (कोभिड–१९)का कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असर अध्ययन गर्नका लागि सांसद विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ ।

लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित बिशेष समितिका सदस्यमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा रहेका छन् । छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा पनि सदस्य छन्, सीआईएनमा खबर छ।

समितिमा सदस्य संख्या २१ जना नबढ्ने गरी थप्न सकिने नेपाली कांग्रेसले विज्ञप्ति निकालेर जनाएको छ । समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ लाई सुझाव दिनेछ ।

त्यस्तै दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने पनि कांग्रेसले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*