सरकारको नीति तथा कार्यक्रमः २०९९ सालसम्म समुन्नत राष्ट्रमा उक्लिने लक्ष्य

सरकारले २०९९ सालसम्म समुन्नत राष्ट्रमा उक्लिने लक्ष्य राखेको छ। संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले २०८७ अगावै दिगो विकासका लक्ष्य हासिल गर्दै विकासशील राष्ट्र बन्ने र २०९९ सालसम्म समुन्नत राष्ट्रमा गनिने गरी सामाजिक र आर्थिक कार्यक्रमहरु अगाडि बढाइएको बताइन्।
सरकारले कृषि उत्पादन १० वर्षमा दोब्बर पार्ने र यसका लागि पूर्वाधारमा लगानी बढाउने राष्ट्रपतिले जानकारी दिइन्। उनका अनुसार सरकारले भ्रष्टाचार विरुद्धको कारवाहीलाई तीव्रता दिएको छ।
आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, शान्ति सुरक्षित समाज निर्माण गर्न सरकार प्रतिवद्ध छ, पहिलोपोष्टमा खबर छ।
राष्ट्रसंघको वडापत्र, असंलग्न पश्चशील सिद्धान्तका आधारमा राष्ट्रिय हित प्रवर्द्धन गर्दै परराष्ट्र सम्बन्ध विस्तार गरिरहेको छ। सार्वजनिक प्रशासनमा सुधार ल्याउन सरकार क्रियाशील छ। जवाफदेही गराउन नीति कार्यान्वयनमा छ। सार्वजनिक सवारीको सुदृढिकरण, सडक, रेल, सिँचाई पूर्वाधारको निर्माण कार्य अघि बढेको छ।







