सरकारले करिब ६०० नेपालीलाई चार्टर फ्लाइट मार्फत जापान जान दिने  

छहारी संवाददाता
जेष्ठ २, २०७७

सरकारले लकडाउनका कारण नेपालमा रोकिएका केहीलाई जापान र हङकङ जान दिने भएको छ । उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकले उनीहरुलाई चार्टर फ्लाइट मार्फत जान दिने निर्णय भएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार जापान जान चाहने करिब ६ हजार छन्, अनलाइन खबरमा समाचार छ।

‘तालिम र अध्ययनलगायतका सिलसिलामा जापान रहेका तर अहिले नेपाल आएर बसेका करिव ६०० विद्यार्थी तथा नेपाली नागरिकलाई आवश्यक जाँच पूरा गरेर चार्टर फ्लाइटबाट जान दिने निर्णय भएको छ,’ उनले भने ।

यस्तै हङकङ आइडी भएका तर लकडाउनमा परेकाहरुलाई पनि चार्टर विमानबाट जान दिने निर्णय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*