राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  

छहारी संवाददाता
जेष्ठ २, २०७७

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।

कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट हुनेछ । तर यो जमघटमा विगत वर्षजस्तो कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई बोलाइएको छैन ।

कोरोना संक्रमणको जोखिम कारण दुरी कायम गरी बस्नु पर्ने बाध्यताका कारण स्थान अभाव भएपछि विदेशी राजदूतलगायतका कूटनीतिज्ञहरुलाई नबोलाइएको हो ।

यस वर्ष संवैधानिक आयोगबाट पनि अध्यक्षलाई मात्र बोलाइएको छ । आमन्त्रण गरिएका सबैले पीसीआर विधिबाट कोरोना परीक्षण गराएको रिपोर्ट पेस गर्नुपर्ने नियम छ । स्रोतः अनलाइन खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*