कोरोना अपडेटः संक्रमितसँगै बसेकी नर्सको रिपोर्ट नेगेटिभ

छहारी संवाददाता
जेष्ठ २, २०७७

भक्तपुरको मध्यपुरथिमि शङखधर चोकमा कोरोना संक्रमित साथीसँगै बसेकी नर्सको रिपोर्ट नेगेटिभ आएको छ । २९ गते मोरङबाट आएर नर्ससँगै बसेकी आरोग्य फाउण्डेशनमा कार्यरत युवतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती युवतीलाई कोरोना पुष्टि भएपछि नर्सको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो, अनलाइन खबरले लेखेको छ । उनको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् ।

रिपोर्ट नेगेटिभ आए पनि नर्सलाई आगामी एकसाता आइसोलेसनमै राखेर पुनः स्वाब परीक्षणका लागि पठाउने सुपरिटेन्डेन्ट डा गौतमले जानकारी दिइन् । त्यसपछि पनि रिपोर्ट नेगेटिभ आएपछि मापदण्डअनुरुप क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका ७ जनालाई क्वारेन्टाइन र तीन जनालाई आइसोलेसनमा राखेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । कोरोना संक्रमित भेटिएपछि शंखधर साख्वा चोक वरपरको क्षेत्र सिल गरिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*