कोरोना अपडेटः नेपालमा थप ९ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या २५८ पुग्यो

नेपालमा थप ९ जनामा कोरोनाभइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या २५८ पुगेको छ।
शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार मकवानपुर स्थायी घर भएका एक ३७ वर्षिय पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको छ।
ति पुरुषको परिक्षण मकवानपुरमा नगरिएकाले कहाँ बस्दै आए थिए भन्ने नखुलेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर पुरुषोत्तम सेंडाइले जानकारी दिनुभयो । बाँकी अन्य सबै १८ देखि ३६ वर्षिय पुरुषहरू बाँके जिल्लाको नैनापुरका हुन्।
उनीहरूको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डू र भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो। सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।







