कोरोना अपडेटः स्वास्थ्य मन्त्रालयले सङ्क्रमितको विवरण सच्यायो

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २४५ मात्रै
छहारी संवाददाता
जेष्ठ १, २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि आफूले प्रकाशित गरेको विज्ञप्ति त्रुटिपूर्ण भएको भन्दै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २४५ भएको जनाएको छ।

बिहीवार बिहान पहिलो विज्ञप्तिमा थप दुई जना र दोस्रो विज्ञप्तिमा थप पाँच जनामा कोभिड-१९ देखिएको उल्लेख थियो। तर दोस्रो विज्ञप्तिमा पुरानो विवरण दोहोरिएको भन्दै मन्त्रालयले सङ्क्रमितको कुल सङ्ख्या संशोधन गरेको हो।

अद्यावधिक विवरणअनुसार कोभिड-१९ पुष्टि भएकाहरूको जम्मा सङ्ख्या २४५ नै रहेको छ,'सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहान १० ः१५ बजे प्रकाशित गरेको विज्ञप्तिमा लेखिएको छ।

'पछिल्लो अद्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिकले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनस् रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु,' उनले भनेका छन्। 
को हुन् सङ्क्रमित?
बिहान पुष्टि भएका सङ्क्रमित काठमाण्डूको चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी छ वर्षीया बालिका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएका परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। स्रोतः बीबीसी नेपाल ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*