कोरोना अपडेटः छ वर्षिया बालिका सहित ७ जना नयाँ सङ्क्रमित आज थपिए

सङ्क्रमितको सङ्ख्या २ सय ५० पुग्यो
छहारी संवाददाता
जेष्ठ १, २०७७

नेपालमा थप दुईजनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा सङ्क्रमितहरूको सङ्ख्या २ सय ५० पुगेको छ।

काठमान्डूको चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षिया बालिकामा सङ्क्रमण देखिएको बताइएको छ। त्यस्तै सर्लाही ४५ वर्षिय पुरुष, धनुषाका ४० वर्षिय पुरुष र २० वर्षिय महिला, महोत्तरीका १६ र ३५ वर्षिय पुरुष छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएका परीक्षणमा पछिल्ला दुई सङ्क्रमण पुष्टि भएका हुन। पछिल्ला केहि दिनहरूमा नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढेको देखिएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयले थप २६ जनामा सङक्रमण भएको विवरण सार्वजनिक गरेको थियो भने मङ्गलवार एकै दिन ५७ जना सङ्क्रमित भएको पुष्टि भएको थियो। स्रोतः बीबीसी नेपाली ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*