कोरोना अपडेट : नेपालमा एकैदिन ८३ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २१७ पुग्यो

छहारी संवाददाता
बैशाख ३१, २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार राति जारी गरेको प्रेस विज्ञप्तिमा थप नयाँ २६ जनाको परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

यो वृद्धिसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण देखिएकाहरूको सङ्ख्या २१७ पुगेको मन्त्रालयले जनाएको छ। अपराह्ण ५७ जनामा कोभिड-१९ पुष्टि भएको थियो, बिबिसीले लेखेको छ ।

मङ्गलवार एकै दिनमा ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो अहिलेसम्मकै एकै दिनमा पुष्टि सर्वाधिक सङ्ख्या हो।

मङ्गलवार राति सङ्क्रमण पुष्टि भएकाहरूको नमुना परीक्षण काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको थियो।अब प्रदेश नं २ मा भेटिएका सङ्क्रमितको सङ्ख्या ९५ पुगेको छ। यो अहिलेसम्म सबै प्रदेशमा देखिएकोमध्ये सर्वाधिक सङ्ख्या हो। प्रदेश नं २ मा भेटिएका चार जना निको भइसकेका छन्।

प्रदेश नं ५ मा ७० सङ्क्रमित छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म कसैमा पनि कोभिड-१९ पुष्टि भएको छैन।अपराह्ण आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभरि १२,७८५ जना क्वारन्टीनमा र २२८ जनालाई आइसोलेशनमा राखिएको जानकारी दिएका थिए।

मन्त्रालयको तथ्याङ्कमा मङ्गलवार अपराह्णसम्म पीसीआर विधिवाट १८,९६४ वटा परीक्षण भएको देखिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*