आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते प्रस्तुत गरिने  

छहारी संवाददाता
बैशाख ३०, २०७७

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यसैबीच, सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको काम सुचारु गर्ने नाममा काठमाडौंमा लकडाउन औचित्यहीन बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको छ, सीआईएनमा खबर छ ।  

प्रधानमन्त्री ओलीले मान्छेको जीवनभन्दा आर्थिक गतिविधि ठूलो होइन भन्दै लकडाउनमा कुनै सम्झौता नहुने बताउनुभएको हो । आजको बैठकमा प्रधानमन्त्री ओली, अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारुपमा प्रस्तुत हुनुभएको एक मन्त्रीले जानकारी दिनुभयो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*