विवेकशीलकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवा पक्राउ

छहारी संवाददाता
बैशाख ३०, २०७७

विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन युवालाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए । तर नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लवमा ल्याएको नेतृ दर्शनाले बताइन्, अनलाइन खबरमा समाचार छ ।

‘हामी ५–६ जना त्यहाँ पुग्नासाथ प्रहरीले धरपकड गर्यो र यहाँ ल्यायो,’ उनले भनिन् । आफूहरुले त्यहाँ सामाजिक दुरी कायम गर्दै प्रदर्शन गर्ने तयारी गरेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*