कोरोना अपडेटः नेपालमा आजै ५७ जना थपिए, सङ्क्रमितको कुल सङ्ख्या १९१ पुग्यो

नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। मङ्गलवार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो।
अब नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १९१ पुगेको छ, बीबीसीले लेखेको छ। मन्त्रालयका अनुसार पर्सा जिल्लाका ३९ जना, रूपन्देही जिल्लाका नौ जना, कपिलवस्तु जिल्लाका आठ जना र बाराका एक जनामा कोभिड-१९ देखिएको हो।
मङ्गलवार सङ्क्रमण पुष्टि भएका सबै पुरुष भएको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ।







