संसद बैठकमा आज पनि पुर्व बजेट माथीको छलफल जारी रहने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठकमा आउँदो आर्थिक बर्षको लागि निर्माण गर्ने बजेट कस्तो हुने भन्नेबारेमा सांसदहरुले धारणा राख्ने कार्यसुची रहेको छ ।
बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले बजेटका प्राथामिकताका बारेमा धारणा राख्ने र आजै अर्थमन्त्री युवराज खतिवडाले सांसदहरुले उठाएका सवालहरुमा जवाफ दिने तयारी पनि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा बैठक पनि बिहान ११ बजेको लागि तय भएको छ ।







