कोरोना अपडेटः नेपालमा एकै दिन २४ जना संक्रमित भएको पुष्टि

छहारी संवाददाता
बैशाख ३०, २०७७

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एकैदिनमा २४ जना थपिएको छ।

सोमवार साँझ १३ जनामा सङ्क्रमण देखिएको आँकडा सार्वजनिक भएसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको सङ्ख्या १३४ पुगेको छ। सोमवार बिहान १० जना नयाँ संक्रमित देखिएका थिए। ती सबै कपिलवस्तुका थिए।

त्यसपछि दिउँसो सप्तरीका थप एक १८ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पाइएको थियो, बीबीसीले लेखेको छ। सोमवार थपिएका २४ जना मध्ये १६ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना बर्दिया र १ जना सप्तरी जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एकैदिनमा यतिधेरै संक्रमित पाइएको यो पहिलोपटक हो। खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरण माझ कतिपय सीमा क्षेत्रस्थित जिल्लाहरूमा संक्रमितको सङ्ख्या बढ्दै गएको छ।

विगत २४ घण्टामा मात्रै करिब २,८०० नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वीस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोग स्वरुप दिएसँगै परीक्षणले तीब्रता पाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*