विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउनेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता  

छहारी संवाददाता
बैशाख ३०, २०७७

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउने बारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रस्ताव कांग्रेस सांसद गगन थापाले आज संसद सचिवालयमा दर्ता गराउनुभएको हो ।

प्रस्तावमा नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसिया, साउदी, कतार, युएई बहराइन, ओमनलगायतका देशमा महामारी बढ्दै गएको उल्लेख छ ।

यस्तो अवस्थामा आफ्नो स्वास्थ्य र सुरक्षाका लागि श्रमिकसमेत स्वदेश फर्कन खोजेका छन भने रोजगारदाता देशले समेत स्वदेश फिर्ताका लागि प्रेरित गरिरहेको अवस्था प्रस्तावनमा औल्याइएको छ, सीआईएनमा खबर छ।

ती देशमा रोजगारदताले कयौं श्रमिकलाई बिना पूर्वजानकारी कामबाट निकाल्ने, करार टर्मिनेट गर्ने, बेतलबी बिदामा जान दबाब दिने, पारीश्रमिक नदिने वा दिएमा पनि पूरै नदिने गरेको पाइएको प्रस्तावमा भनिएको छ ।

अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउनु पर्ने भन्दै प्रस्ताव दर्ता गराइएको सांसद थापाले बताउनुभयो । सांसद डिला संग्रौला र प्रकाश रसाइलीले समर्थन गरेको प्रस्तावमा संसदमा छलफल गरी सरकारलाई निर्देशन र सुझाव दिन आग्रह गरिएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*