नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुग्यो

नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ। सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० जनामा कोभिड-१९ भेटिएको जनाएको छ।
मन्त्रालयद्वारा जारी वक्तव्यमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डूमामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या १० रहेको र उनीहरू कपिलवस्तुका भएको उल्लेख छ। उनीहरूको अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ, बीबीसीले लखेको छ ।
मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, 'राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डूमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको सङ्ख्या १० छ । जो कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७, १० निवासी १८, ,१९, २०, २४, २०, २० ,२४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष हुनुहुन्छ।'







