आरडिटी पोजेटिभ देखिएका भिमफेदीका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

मकवानपुरको भीमफेदीमा सोमबार एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएका एक पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले गरेको पीसीआर परीक्षणमा पुरुषको रिपोर्ट नेगेटिभ देखिएको हो, तुखबरमा समाचार छ ।
उनी गाउँपालिकामा कार्यरत कर्मचारी हुन् । राजविराज घर भएका उनी आईतबार मात्र गाउँपालिका आएका थिए ।
सोमबार प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले दुई जनाको आरडीटी परीक्षण गरेको थियो । परीक्षण गराएका मध्ये उनको रिपोर्ट एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । मंगलबार बिहान थप ७ जनामा संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको हो । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।







