नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित ८२ पुगे

नेपालमा थप सात जना कोरोना संक्रमित थपिएका छन् । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् ।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ, अनलाइन खबरमा समाचार छ। यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।







