हेटाैडा ५ मा कन्ट्याक लेस ह्याण्ड वास स्टेसनकाे उद्घाटन

छहारी संवाददाता
बैशाख २१, २०७७

मकवानपुरका सम्पुर्ण लायन्स ल्कव र महिला शसक्तिकरण तथा गरिवि निवारण समूह नेपालकाे संयुक्त अायाेजनामा हेटाैडा ५ मा कन्ट्याक लेस ह्याण्ड वास स्टेसनकाे उद्घाटन गरिएकाे छ ।

काेराेना संक्रमणकाे महामारिबाट जाेखिन पहिलाे प्राथमिकता नै व्यक्तिगत सरसफाई रहेकाे प्रति मध्यनजर गर्दै खानेपानि व्यवस्थापन वाेर्ड हेटाैडाले पानीकाे व्यवस्थापन गर्ने गरि लायन्स ल्कवले हेटाैडाका विभिन्न ठाउमा गरि ९ स्थानमा स्पर्शरहित स्टेसन स्थापना गरिएकाे हाे ।

स्टेशनकाे उद्घाटन गर्दै हेटाैडा उपमहानगरपालिका ५ नं वडाध्यक्ष राजेश वाँनियाले विश्वनै काराेना भाईरसकाे महामारिमा परेकाे वेला नेपालीहरुले उचित व्यवहार अपनाउनुपर्ने बताउनुभएकाे थियाे । उहाँले लायन्स ल्कब तथा वेक्गा नेपालले गरेकाे काम अझै ग्रामिण क्षेत्रसम्म पुर्याउनु पर्नेमा जाेड दिनुभएकाे थियाे ।

त्यस्तै ईन्दिरा न्याैपानेले दानिलाई कहिल्यै हानि हुँदैन भन्दै कोभिड–१९ को सङ्क्रमणको लहर रोक्न साबुनपानीले हात धुने कार्य एक अत्यावश्यक रोकथामको उपाय रहेकाले हातले धारा नछोई हात धुने प्रविधि जडान गरिएको बताउनुभयो ।

बढी भिडभाड हुने तथा कोरोना भाईरसको जोखिम हुन सक्ने स्थानहरुमा स्पर्शरहित हात धुने स्टेसन स्थापना गरिएको लायन्स इन्टरनेष्नल ३२५ बि टु नेपालका प्रथम भाईस गर्भनर शम्भु नर्कमीले बताउनुभयाे । लायन्स तथा लियो कल्बहरु आगामी दिनमा समेत निरन्तर सामाजिक कार्य गर्न तत्पर रहने समेत उहाँले बताउनुभएको छ

महिला शसक्तिकरण तथा गरिबी निवारण समूह नेपालकी अध्यक्ष ईन्दिरा न्याैपाने, लायन्स ल्कव अफ ईन्टरनेसनल ३२५ वि टु का फस्ट भ्वाईस गभर्नर लायन सम्भु नकर्मि, लायन्स ल्कब मकवानपुर डायमण्डका संस्थापक अध्यक्ष जेपि यादव, लायन्स ल्कव मकवानपुर डायमण्ड ल्कबका अध्यक्ष गाैतम केशि लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*