कोरोना सङ्क्रमित भएर ४१ जनाको स्वास्थ्य अवस्था सामान्य 

छहारी संवाददाता
बैशाख १९, २०७७

नेपालमा कोरोना सङ्क्रमित भएर उपचाररत  ४१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमितमध्ये धनगढीमा १, भरतपुरमा १, वीरगञ्जमा ८ र विराटनगरमा ३१ गरी ४१ जनाको उपचार भइरहेको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । नेपालमा दु्रत विधि र पीसीआर विधिको परिक्षणको दायरा पनि बढाईएको उहाँको भनाइ छ, सीआईएनले लेखेको छ । आइसोलेसनमा भने देशभरी ८० जना रहेका छन् ।  

क्वारेन्टाइनमा २३ हजार ३ सय ३६ जना रहेका छन् । नेपालमा कोरोना सङ्क्रमितको संख्या ५७ पुगेको भए पनि १६ जना निको भइसकेका छन् ।  

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्मको अध्ययनले आमाले शिशुलाई स्तनपान गराउँदा कोरोनाको सङ्क्रमण नदेखिएकाले शङ्का नगरिकन स्तनपान गराउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बालबालिकालाई स्तनपान गराउनु महत्वपूर्ण भएकाले कोभिड देखिएका र क्वारेन्टाइमा रहेका महिलाहरूले पनि शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन सक्ने बताउनुभयो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*