रोल्पामा बेबारिसे बम विस्फोट, ४ बालबालिकाको मृत्यु

छहारी संवाददाता
बैशाख १९, २०७७

रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको जानकारी दिए, अनलाइनखबरमा समाचार छ। उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका छन् ।

बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको हो ।

बिहीबार साँझसम्म रोल्पाको जुँगारबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थलमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*