थप तीन जनामा कोरोना भएको पुष्टि, सङ्क्रमितको सङख्या ५७ पुग्यो 

छहारी संवाददाता
बैशाख १७, २०७७

आज नेपालमा थप तीन जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल संक्रमितको संख्या ५७ पुगेको छ । आज पर्साका ४६ वर्षीय पुरुष र बाराका ४३ र ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो, सीआईएनमा खबर छ । प्रवक्ता देवकोटाका अनुसार उनीहरु तिनैजना वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितसँगै दिल्लीबाट फर्किएका थिए ।  

संक्रमितमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन् । अन्य ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । जसमध्ये सबैभन्दा धेरै विराटनगरको कोशी अस्पतालमा ३१ जनाको उपचार भइराखेको छ ।

प्रवक्ता देवकोटाका अनुसार कोशी अस्पतालमा ३१, वीरगन्जमा ८, धनगढी र भरतपुरमा एकएक गरेर ४१ जनाको उपचार भइराखेको छ ।  पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ६७ नमुना परीक्षण भइरहेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ११ हजार पाँच सय २४  रआरडीटी ४५ हजार ६ सय ४५ नमुना परीक्षण भएका छन् । देशभर आइसोलेसनमा ८७ जना छन् । हालसम्म क्वारेन्टाइनमा २२ हजार ९ सय १ जना रहेका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*