कोरोना अपडेटः झापामा थप एक जनामा संक्रमण, संक्रमित ५२ पुगे

झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन्, अनलाइन खबरले लेखेको छ ।
यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको र स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पगेको छ आज मात्रै वीरगञ्जका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।







