कोरोना अपडेटः नयाँ संक्रमित भेटिएको वीरगञ्ज वडा नं ३ र १६ पूर्ण बन्द 

छहारी संवाददाता
बैशाख १४, २०७७

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ र १६ का दुई जनामा आज कोरोना संक्रमण पुष्टि भएपछी उक्त क्षेत्रलाई सिल गरिएको छ ।

संक्रमित बस्दै आएका स्थानहरु सिल गरि संक्रमितको सम्पर्कमा आएकाहरुको पहिचान र स्वाब संकलन सुरु गरेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता, प्रदेश सचिव डा. रामप्रसाद घिमिरेले आज नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालयले उक्त स्थानमा स्वाब संकलनका लागि आवश्यक समन्वय गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँगै बिशेषज्ञ चिकित्सक समेत खटाएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो, सीआईएनमा खबर छ ।

यसैबीच, वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आज निको भएर घर फर्किएका हुन् । डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुको चौथो र पाँचौ  रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएपछि अस्पताल भर्ना भएको १५ औं दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*