कोरोना अपडेटः विश्वभर दुई लाख भन्दा बढीको मृत्यु २८ लाख सङ्क्रमित

छहारी संवाददाता
बैशाख १४, २०७७

विश्वभरि कोरोना भाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख छ, बीबीसीले लेखेको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो। अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*