इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु 

छहारी संवाददाता
बैशाख १३, २०७७

इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । आजदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।  

सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको भएपनि कोरोना भाइरस कोभिड–१९ को जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।  
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*