नेपाली सेनाले भारतबाट साढे २ करोडको औषधि ल्याउँदै 

छहारी संवाददाता
बैशाख १०, २०७७

नेपाली सेनाले भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि ल्याउने भएको छ ।

कोरोना (कोभिड–१९) भाइरसको उपचारका लागि आवश्यक औषधि खरिदका लागि १ करोड ५० लाख भारतीय रुपैयाँ (नेपाली २ करोड ४० लाख बढी)भुक्तानी दिन लागिएको हो । रकम भुक्तानीका लागि नेपाली सेनाको जंगीअड्डाले बुधबार रक्षा मन्त्रालयलाई पत्राचार गर्दैछ, अनलाइन खबरमा समाचार छ।

रक्षामार्फत भारतलाई रकम भुक्तानी गर्न परराष्ट्र मन्त्रालयमा पत्राचार हुने जंगीअड्डा स्रोतले बतायो । रकम जम्मा गरेपछि भारतले दिल्लीस्थित नेपाली दूतावासमा ५३ प्रकारका औषधि जम्मा गर्नेछ । त्यसपछि नेपालले आवश्यक औषधि ल्याउनेछ । सेनाले आइतबार चीनबाट स्वास्थ्य सामग्री ल्याउन २ अर्ब २५ करोड रुपैयाँ बढीको सम्झौता गरिसकेको छ ।

यसअघि भारतले चैत दोस्रो साता कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको थियो ।

भारतको सशस्त्र बल चित्किसा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले सहयोगका लागि र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार भएको बताएका थिए । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपचारभन्दा पनि स्वास्थ्य उपकरण आवश्यक भएको जवाफ फर्काएका थिए ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले १६ चैतमा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*