कोरोना अपडेट: उदयपुरमा १० जना थपिएसंगै नेपालमा अब सङ्क्रमितको सङ्ख्या ४१ पुग्यो

छहारी संवाददाता
बैशाख १०, २०७७

उदयपुर जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेर २३ पुगेको छ।

त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् मङ्गलवार दिउँसो गरिएको थियो, बिबिसीले लेखेको छ ।

साँझ थप ९ जनामा पनि सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बीबीसीलाई जानकारी दिएका छन्।

योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*