कोरोनाबाट अहिलेसम्म विदेशमा रहेका ३० नेपालीको मृत्यु 

छहारी संवाददाता
बैशाख ८, २०७७

कोरोना भाइरस (कोभिड–१९) बाट अहिलेसम्म विदेशमा रहेका ३० जना नेपालीको मृत्यु भएको छ ।

गैर आवासिय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले सङ्कलन गरेको तथ्यांक अनुसार अहिलेसम्म सबैभन्दा बढी बेलायतमा १८, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई, नेदरल्याण्डमा र आयरल्याण्ड एक–एकजनाको मृत्यु भएको हो, सीआईएनले लेखेको छ ।

नेपालबाहेक विश्वभर एक हजार दुईसय ६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित रहेका उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको यो तथ्यांक अनुसार २१ देशमा रहेका नेपाली कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । संक्रमित हुने विदेशमा बसेका नेपालीमा सबैभन्दा बढी अमेरिकामा करिब सात सय छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*