नेल्टा बागमती प्रदेशको एक हप्ते अनलाइन तालिम शुरु

छहारी संवाददाता
बैशाख ८, २०७७

आजदेखि नेल्टा बागमती प्रदेशको आयोजनामा एक हप्ते अनलाइन तालिम शुरु भएको छ । नेल्टा बागमती प्रदेशको आयोजनामा नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु तथा विद्यालय र क्याम्पस तहमा अध्यापन गर्ने १ सय २७ जना अग्रेजी शिक्षकहरु सहभागी तालिम सुरु भएको हो ।

लकडाउनको समयलाई सदुपयोग गर्दै नेल्टा बागमतीले आयोजना गरेको यो कार्यक्रममा शिक्षकहरुको पेशागत विकासको लागि खासगरी प्रविधिको प्रयोग गरेर दूर शिक्षक तालिम र दूर शिक्षण विद्यार्थीका लागि कार्यक्रम संचालन गर्ने तरीकाका विषयवस्तुहरु तालिममा समेटिएका छन् । यो तालिमले खासगरी बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा पढाउने र पढ्ने शिक्षक एवं विद्यार्थीहरु लावान्वित हुनेछन् ।

नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईको सभाध्यक्ष तथा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन नेल्टा बागमतीका महासचिब किशोर पराजुलीले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल सरकारका सचिब डा हरी लम्साल, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी अस्ट्रेलियाका डा सुमन लौडारी, नेल्टा केन्द्रीय समितिका अध्यक्ष मोतिकला सुब्बा देवान, सल्लाहकार हेमन्त राज दाहाल, वरिष्ट उपाध्यक्ष डा लक्ष्मण ज्ञावाली, अमेरिकन दुतावास काठमाडौका अंग्रेजी भाषा कार्यक्रम विशेषज्ञ विश्वराज गौतम, ब्रिटिश काउन्सिल काठमाडौका अंग्रेजी भाषा र शिक्षा कार्यक्रम प्रमुख वैशाली प्रधान, नेल्टा इएलटी फोरमका प्रधान सम्पादक सगुन श्रेष्ठ, अंग्रेजी विषयका टेक्स्टबुक राइटर मोहन सिंह साउद, पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक डा नबराज नेउपाने लगायतकाले प्रशिक्षण दिइरहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*