देशका विभिन्न भाग जस्तै मकवानपुरमा पनि मेघ गर्जन सहित हावाहुरी र असिनापानी ( तस्विरहरु)

छहारी संवाददाता
बैशाख ७, २०७७

देशका विभिन्न भागमा जस्तै मकवानपुरमा पनि अहिले मेघ गर्जन सहित वर्षा भइरहेको छ । आज साँझबाट हावाहुरी र असिनासंगै वर्षा भइरहेको हो ।

आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । असिना सहितको वर्षाका कारण किसानहरुले लगाएको मकै सहितका तरकारी बाली नष्ट हुने देखिएको छ ।

यसअघि हिजो रातीको  हावाहुरी सहितको असिना पानीले मनहरी गाउँपालिका वडा नम्बर ५ मा बितण्डा मच्चाएको थियो ।

वडा नम्बर ५ को रुन्चेडाँडा, बसन्तपुर, डिल्लीपुर, दर्दरा लगायतको क्षेत्रमा असिनापानी सहितको हावाहुरीले तरकारी तथा अन्नबालीमा क्षति पुर्‍याउनुका साथै दर्जन बढी घरको छानो उठाएको छ । साथै हावाहुरीका कारण चराचुरुंगी तथा गाउँमा रहेका कुखुरा फर्मका सबै कुखुरा मरेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*