कोरोना अपडेटः आज एकैदिन थप १४ जनामा पुष्ट‌ि भएसंगै नेपालमा संक्रमितको संख्या ३० पुग्यो 

छहारी संवाददाता
बैशाख ६, २०७७

आज एकैदिन थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्ट‌ि भएपछि नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

१३ जना पुरुष र १ महिलामा गरी आज थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो, बीबीसीमा खबर छ । यसमध्ये पहिलो सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण सम्बन्धि सूचना सम्प्रेषण गर्न सन्चालन गरेको भाइबर ग्रुपमा राखिएको सन्देशमा भनिएको छ-'हालको अध्यावधिक विवरण अनुसार कोभिड १९ को जम्मा पुष्टी भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ।' 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बीबीसी नेपाली सेवालाई बताए अनुसार नयाँ पुष्टि भएकामा १४ जना सङ्क्रमित मध्ये उदयपुर जिल्लामा भेटिएका १२ जना पुरुष छन् भने चितवन जिल्लामा एक पुरुष र एक महिला गरी दुईजना रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*