मुस्लिम धर्मगुरुसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा

छहारी संवाददाता
चैत्र ३०, २०७६

वीरगञ्जबाट मुस्लिम धर्मगुरुसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको हो ।

प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको छ ।

उनीहरु मध्ये १९ जना भारतीय जमाती र वीरगञ्जका ३ जना नेपाली मुस्लिम धर्मगुरु र ४ जना भारतबाट पाहुना आई मस्जिदमा बसेकोहरु रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले छपकैया टोलको मस्जिदबाट ११ जना र घुसुकपुर टोलमा रहेको मसिजदबाट १५ जना गरि २६ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेका मध्ये १९ मुस्लिम जमातीहरु, भारतको दिल्ली र सो आसपास क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शनिबार साँझ प्रहरीले ई रिक्सामा राखेर लिएर आएको थियो । नियन्त्रणमा लिइएका सबैजनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*