क्वारेन्टाइनमा उपलब्ध सेवा सुविधा चित्त नबुझेको भन्दै बझाङमा सयभन्दा बढी क्वारेन्टाइनबाट भागे
-1586398292.jpg)
क्वारेन्टाइनमा उपलब्ध सेवा सुविधा चित्त नबुझेको भन्दै बझाङ गाउँपालिकामा क्वारेन्टाइनमा बसेका सय जनाभन्दा बढी भागेका छन् ।
छिमेकी मुलुक भारत तथा तेस्रो मुलुकबाट आएका ३ सय ८० जनालाई जिल्लाका १२ पालिकाका क्वारेन्टाइनमा राखिएको थियो । विभिन्न ३४ क्वारेन्टाइनमा राखिएका उक्त संख्याका व्यक्ति पूरा अवधि नबसेरै भागेका हुन् । क्वारेन्टाइनबाट भाग्नेको यकिन तथ्यांक भने कुनै निकायले राखेका छैनन् ।
थलारा गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनबाट ५२ जना र दुर्गाथली गाउँपालिकाको क्वारेन्टाइनबाट ३५ जना भागेको स्वास्थ्य कार्यालय बझाङका कोरोना महामारी नियन्त्रण फोकल पर्सन नारायण जोशीले बताउनुभएको छ । उहाँका अनुसार ‘सय जनाभन्दा बढी भागेको जानकारी आएको छ ।
स्थानीय तहका जनप्रतिनिधिहरूले भने क्वारेन्टाइनबाट भागेकाहरूको पनि बचाउ गर्दै उनीहरू घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको दाबी गर्दै आएका छन् । हाल क्वारेन्टाइनबाट भागेका र त्यहाँ बसिरहेकाहरूको संख्या सरकारले लकडाउनको घोषणा गरिसकेपछि बझाङ प्रवेश गरेकाहरूको हो।
लकडाउनअघि भारत र अन्य मुलुकबाट २० हजार हाराहारीमा आएको अनुमान गरिए पनि संख्या यकिन छैन। उनीहरूको निगरानी पनि कसैले गरेको छैन। उनीहरूको निस्फिक्री गतिविधिका कारण जोखिम झन् बढ्ने स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताउनुभयो । पुरा समाचार कान्तिपुर दैनिकमा लेखिएको छ ।







