अमेरिकामा मृत्यु हुनेको संख्या लगातार बृद्धी, एकै दिन ७७९ जनाको मृत्यु

विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ४०५ जना
छहारी संवाददाता
चैत्र २७, २०७६

कोभिड ९० को संक्रमणबाट अमेरिकाको हटस्पट न्यूयोर्कमा मृत्यु हुनेको संख्या लगातार बृद्धी हुँदै गईरहेको छ । हिजो बुधबार मात्रै एकै दिन ७७९ जनाको मृत्यु भएको छ ।

महामारी फैलिए यता न्यूयोर्कमा भाइरसका कारण एकै दिन संक्रमितको मृत्यु भएको यो अहिलेसम्मकै उच्च हो । मंगलबार न्यूयोर्कमा कोभिड–१९ बाट ७३१ जनाको मृत्यु भएको थियो ।

यस्तै न्यू जर्सीमा पनि बुधबार अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ । न्यू जर्सीमा बुधबार २७५ जनाको मृत्यु भएको छ । मंगलबार राज्यमा २३२ जनाको मृत्यु भएको थियो ।

दुई राज्यमा गरेर अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु भएका कुल मानिस मध्ये आधा भन्दा बढी छन् । न्यूयोर्क र न्यू जर्सीमा गरेर सात हजार ७७२ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा ६ हजार २६८ तथा न्यू जर्सीमा एक हजार ५०४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म कोभिड–१९ बाट १४ हजार ७६६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कुल संक्रमितको संख्या अमेरिकामा चार लाख ३० हजार ९०२ पुगेको छ । न्यूयोर्कमा संक्रमितको संख्या एक लाख ५१ हजार १७१ रहेको छ । न्यू जर्सीमा संक्रमितको संख्या ४७ हजार ४३७ पुगेको छ ।

विश्वभर कुल संक्रमितको संख्या १५ लाख १३ हजार भन्दा बढी रहेको छ । यस्तै मृत्यु हुनेको संख्या ८८ हजार ४०५ पुगेको छ । अहिलेसम्म तीन लाख २९ हजार ७३१ जना निको भएका छन् ।

स्पेनमा बुधबार एकै दिन ७४७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १४ हजार ७९२ पुगेको छ । यस्तै इटालीमा बुधबार ५४२ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*