आइतबारदेखि भरी सिलिण्डर ग्यास पाईने

छहारी संवाददाता
चैत्र २७, २०७६

नेपाल आयल निगमले देशभरका ग्याँस उधोगहरुलाई भोलिदेखिनै भरि सिलिण्डर ग्याँस भर्न निर्देशन दिने निर्णय गरेको छ ।  

 बजारमा ग्यासको माग घटेको विश्लेषण गर्दै निगमले आगामी आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गर्ने उद्धेश्य सहित उक्त निर्णय गरेको हो ।  

निगम सञ्चालक समितिको आज बसेको बैठकल ग्यासको आयात पर्याप्त रहेको र बजारमा माग घटेको अवस्थामा आधा सिलिण्डर मात्र बिक्री गरिरहनु उपयुक्त नहुने निष्कर्ष निकालेको छ।

लक डाउन सुरु भएसँगै ग्यासको माग बढेपछि निगमले चैत १६ गतेदेखि आधा सिलिण्डर  ७ किलो० बिक्री गरेको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई पूरा सिलिण्डर ग्यास भर्न दिइने जानकारी दिए।

देशभरका ५९ ग्यास उद्योगमा करिब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको छ। तीन दिनदेखि ग्यासको माग कम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*