५ जना प्रादेशिक चिकित्सकलाई सेवाबाट बर्खास्त

चिकित्सकलाई भगवानको दर्जा दिईन्छ । विश्वनै कोरोना संक्रमणको जोखिममा रहेको अवस्थामा विना जानकारी चिकित्सकहरु हाजिर नहुनु समस्यावाट पर भाग्नु र आफ्नो दायित्व पुरा नगर्नु हो ।
सुरक्षा निकाय जस्तै स्वास्थ्य क्षेत्र समेत २४ घण्टा मुलुकलाइ कोरोनाको उच्च जोखिमबाट रोकथाम तथा नियन्त्रणमा हर समय सेवारत हु्नुपर्ने समयमा कामकाजमा नआउने ५ जना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ ।
सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई विना जानकारी हाजिर हुन नआएको पाएपछि सेवाबाट हटाईएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न भनेको अवस्थामा प्रादेशिक अस्पतालमा कार्यरत ५ जना चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको जनाएको छ।
अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा.बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा.सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।
महामारीको समयमा प्रसूति, काजक्रिया र बिरामी बिदा बाहेक अन्य बिदा नपाउने मन्त्रालयले बताएको छ। तर, यी चिकित्सकले जानकारी नै नदिइ बिदा बसेको अस्पतालले जनाएको छ।







