कम जनशक्तीको भरमा हेटौडाका उधोगहरु संचालनमा

मजदुरहरुका लागि उचित व्यवस्था नहुँदा हेटौडा औधोगिक क्षेत्रका उधोगहरु पुर्ण रुपमा संचालन हुन सकेनन्
छहारी संवाददाता
चैत्र २६, २०७६

मजदुरहरुका लागि आवश्यक आवास तथा थप पारिश्रमिकको उचित व्यवस्था नहुँदा हेटौडा औधोगिक क्षेत्रका उधोगहरु पुर्ण रुपमा संचालन हुन सकेका छैनन् । 

कोरोना भाइरसको महामारि फैलिएसंगै संघीय सरकारको अतिआवश्यक र खाद्यान्नसँग सम्बन्धित उद्योगहरु सञ्चालन गर्ने भन्ने निर्णय भएसंगै हेटौडा औद्योगिक क्षेत्रमा संचालित करिव २० वटा उधोगहरु पुर्ण कामदार विनानै संचालनमा आएका छन । 

हाल संचालित २० वटा उधोगहरुमा करिव साढे ७ सय कामदारको क्षमता रहेतापनि कोरोन भाईरसको संकमणको डर तथा उचित आवासको व्यवस्था साथै आवत जावत, जोखिमपुर्ण अवस्थामा काम गर्दा थप पारिश्रमिकको व्यवस्था समेत नरहेकोले एक तिहाई कामदारहरुका भरमा उधोग संचालन गरिरहनु परेको हेटौडा औधोगिक व्यवस्थापन कार्यालयले जनाएको छ । 

हेटौडा औधोगिक व्यवस्थापन लिमिटेडको कार्यालयका अनुसार नेपाल सरकारले दोस्रो पटक पनि लकडाउनको अवधि बढाएपछि र अत्यावश्यक उत्पादनसंग जोडिएका उधोगहरु संचालन गर्न आग्रह गरेपनि उधोगमा कामदारहरुका लागि उचित व्यवस्थापन तथा थप पारिश्रमिकको व्यवस्था हुन नसक्दा कामदारहरु उधोगमा नआएका हुन । 

हाल संचालित उधोगहरुमा हात धुने छुट्टै व्यवस्था, सेनिटाईजर, माक्स तथा अन्य आवस्यक साधनको व्यवस्था गरिएको भएपनि करिव २९० जना कामदारहरुले मात्र उत्पादनका काम गरिरहेका छन् । 

दैनिक उपभोग्य सामानहरुको उत्पादन गर्ने दूग्ध, साबुन, कुकिज र प्लास्टिक प्याकेजिङ, दाना, स्टिल, टंकि , सटिङ सुटिङ, डिजेल प्रेट्रोल विक्रि डिपो लगायतका उद्योगहरु सञ्चालनमा रहेको कार्यालय प्रमुख राजेन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सञ्चालनमा रहेका अधिकांश उद्योगहरु मजदुरहरुका लागि आवासको व्यवस्था सहित संचालनमा रहेका छन भने हेटौडा दुग्ध वितरण आयोजना, खाध उधोग, भ्यालि पेलेट फिड, सिद्दार्थ पेलेट फिड र महाशक्ति सोप एण्ड केमिकल्स प्रालिमा भने मजदुरहरुका लागि उचित आवासको व्यवस्था हुन नसक्दा कतिपय कामदार घरैवाट आउजाउ गर्ने गरेका छन् । 

औधोगिक क्षेत्रमा संचालित तथा बन्द अवस्थामा रहेका उधोगहरुले स्थानीय प्रशासनले अतिआवश्यक उद्योगका लागि मजदुर आउजाउको व्यवस्था गरिदिएको खण्डमा रातमा पनि उद्योग सञ्चालन गर्ने प्रतिबद्धता जनाएको कँडेलले बताउनुभयो ।

हेटौंडा–८ मा रहेको औद्योगिक क्षेत्रमा रहेका एक सय ११ उद्योगमा करिब पाँचहजार मजदुर कार्यरत छन्। सञ्चालनमा रहेका सबै उद्योगले कोराना संक्रमणलाई मध्यनजर गर्दै आउजाउ गर्ने सबैको गेटमै शरीरको तापक्रम समेत लिने गरिएको छ ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस ९कोभीड–१९० संक्रमणको प्रभाव हेटौंडा औद्योगिक क्षेत्रमा पनि परेको छ । औद्योगिक क्षेत्रमा रहेका करिब २० प्रतिशत उधोग मात्र संचालनमा आएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*