‘विप्लव’ पार्टीको आफ्ना गतिविधि तत्कालका लागि बन्द गर्ने घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हुम्ला जिल्लामा संचालन भइरहेका पार्टीका सबै गतिविधि तत्कालका लागि बन्द गर्ने घोषणा गरेको छ।
पार्टिले कोरोना भाइरसका कारण उत्पन्न भएको जटिल परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सबै गतिविधि हाललाई बन्द गरिएको जनाएको छ। पार्टीको जिल्ला संगठनको दुई दिनसम्म सञ्चालित बैठकले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमणबाट नेपाल पनि अछुतो नरहेको भन्दै्र पार्टी संगठनले गर्दै आएका सबै खाले गतिविधिहरु हाललाई बन्द गरिएको छ।
अहिलेको समस्याको समाधान नहुन्जेलसम्मका लागि पार्टीका गतिविधिहरु बन्द रहने र कहिलेबाट उक्त गतिविधिहरु संचालन गर्ने भन्ने कुरा पार्टी संगठनको अर्को बैठकले तय गर्ने उल्लेख गरिएको छ।
आआफ्नो क्षेत्रमा कोरोनाबाट बच्न उपायहरु अलम्वन गर्न पनि उक्त पार्टीले सर्वसाधारणलाई अपिल गरेको छ।







