स्वास्थ्यकर्मिलाइ प्रोत्साहन भत्ता दिने सरकारको निर्णय  

छहारी संवाददाता
चैत्र २५, २०७६

सरकारले कोभिड १९ रोकथाम तथा परीक्षणका लागि खटिने स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप एक पटकका लागि १५ सय रुपैयाँ दिने भएको छ ।

स्वयंसेविकालाई मानिस क्वारेन्टाइनमा बसे र नबसेको हेर्ने, विदेशबाट नेपाल फर्केका नागरिकको पहिचान तथा निगरानिका लागि जाने उनीहरूलाई सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको अस्तिको बैठकले देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको थियो ।

दुइ हप्तादेखि जारी लकडाउन अर्थात् बन्दाबन्दीको समयावधि आगामी वैशाख ३ गतेसम्म थप गर्ने निर्णय भएको छ । कोभिड १९ को संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो, सीआईएनमा खबर छ ।

यसअघि चैत २५ मध्येराति सम्मका लागि लकडाउन थप्ने निर्णय गरेको सरकारले हिजो फेरि आठ दिन लकडाउनको अवधि बढाउने निर्णय गरेको हो । सरकारले क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परीक्षण गर्दा कोरोना नदेखिए घर जान दिने, तर थप सात दिनसम्म घरभित्रै बस्न अनिवार्य गरेको छ ।

जसअनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि द्रुत जाँज विधिबाट परीक्षण गरिनेछ । यसमा कोरोना नभएको पुष्टि भएपछि घर जान पाईने छ । स्थानीय तहलार्य पनि अनुगमन गर्ने गरी व्यवस्था मिलाइएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

दुई दिनअघि सुदूर पश्चिम प्रदेशमा ३ जना कोभिड–१९ बाट संक्रमित भएको पाईएपछि सरकारले बन्दाबन्दीलाई थप लम्ब्याएको हो । हिजोको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गर्ने निजी अस्पतालका चिकित्सकलाई पनि सरकारीलाई सरहको सेवासुविधा दिने निर्णय गरेको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*