प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्नुहुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका राजनितिक सल्लाहकार राजन भट्राइका अनुसार प्रधानमन्त्रीले बिहान ११ बजे सम्बोधन गर्नुहुने छ ।
कोभिड १९ रोकथामका लागि सरकारले गरेको प्रयास, नागरिकले निभाउनुपर्ने कर्तव्य र यसबारेका अरु बिषयमा पनि प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने छ । मन्त्रिपरिषद्को हिजोको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधनको तयारीबारे जानकारी दिनुभएको थियो ।







