भारत तथा अन्य मुलुकबाट आएकामध्ये ६१ हजार व्यक्तिको पहिचानः सामान्य प्रशासन मन्त्रालय

छहारी संवाददाता
चैत्र २४, २०७६

नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएयता नेपालमा भारत तथा अन्य मुलुकबाट आएकामध्ये ६१ हजार व्यक्तिको पहिचान भएको छ ।

ती मध्ये ५८ हजार पाँच सय जना स्थानीय तहको निगरानीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । उनीहरु कतिपय एकान्तबास र कतिपयलाई सार्वजनिक रूपमा बनाइएका क्वारेन्टाइनमा राखिएको मन्त्रालयको भनाइ छ, सीआईएनमा खबर छ  ।

वडास्तरमा थालिएको अभिलेखीकरणबाट ती व्यक्तिको पहिचान भएको हो । भारतबाट भित्रिएका व्यक्तिको यकिन तथ्यांक लिने काम भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो ।

मन्त्रालयले स्थानीय तहसँग यस बारेमा समन्वय गर्न प्रदेशगत रूपमा एक–एक जना उपसचिवलाई जिम्मेवारी तोकेको प्रवक्ता अधिकारीले बताउनुभयो । विदेशबाट आएका व्यक्तिबाट उनका आफन्तमा तथा भारतबाट लुकीछिपी प्रवेश गरेका एक जनामा कोभिड–१९ को संक्रमण पाइएपछि विदेशबाट आएकाको पहिचान गर्ने कार्यलाई प्राथमिकतामा राखिएको हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*